काठमाडौं । म्याग्दीको मालिका गाउँपालिका–१ निस्कोटको स्वास्थ्य चौकी भवन जीर्ण भएपछि सेवा प्रभावित भएको छ । ३० वर्षअघि निर्माण भएको एक तले भवनको छानो चुहिन थालेपछि बिरामीको उपचार त्रिपालमुनि हुन थालेको छ ।
बिरामी जाँच, औषधि वितरणदेखि सामान्य उपचारसम्म जीर्ण भवनमै हुने गरेको छ । छानाबाट पानी चुहिने समस्या समाधान गर्न छानामा त्रिपाल ओढाएर अस्थायी व्यवस्था मिलाइएको छ भने भवनमा भएका चार वटा कोठा साँघुरा रहेको चौकीका प्रमुख अजित विकले जानकारी दिनुभयो ।






