काठमाडौं । सरकारले स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा डा. सुवास प्याकुरेललाई नियुक्त गरेको छ ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उहाँलाई नियुक्तिपछि पद तथा गोपनीयताको शपथ गराउनुभयो ।



उहाँलाई खुला प्रतिस्पर्धाका आधारमा नियुक्त गरिएको मन्त्रालयले जनाएको छ ।



