हमासको नियन्त्रणमा परेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि नेपालले कतारसँग निरन्तर पहल गरिरहेको छ। जोशीलाई बन्धक बनाएको बिहीबार ४८२ दिन पुगेको छ। इजरायल र हमासबीच मध्यस्थता गरिरहेको कतारसँग नेपालले उनको शीघ्र रिहाइका लागि कूटनीतिक संवाद जारी राखेको छ।

नेपाल र कतारबीच श्रम कूटनीतिका कारण राम्रो सम्बन्ध रहेको छ। हालै, कतारका लागि नेपाली राजदूत रमेशचन्द्र पौडेलले कतारी अमिर शेख तमिम बिन हमद अल थानीलाई भेटेर जोशीको रिहाइका लागि विशेष पहल गर्न अनुरोध गरेका थिए।कतारले यसअघि थाई नागरिकहरूको रिहाइमा भूमिका खेलेको छ, जसले विपिन जोशीको रिहाइको सम्भावनालाई बल मिल्ने संकेत देखिएको छ। नेपालले कतारमार्फत निरन्तर दबाब दिँदै आए पनि जोशीको अवस्था र सम्भावित रिहाइबारे अझै स्पष्ट जानकारी प्राप्त भएको छैन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय