काठमाडौं । गाउँघरमा कुटानीपिसानीका लागि प्रयोग हुँदै आएको परम्परागत पानीघट्टा चलाउने प्रचलन क्रमशः हराउँदै गएको छ । संरक्षण अभावमा पानीघट्टाजस्ता परम्परागत साधन ओझेलमा पर्न थालेका हुन् ।

ओरालोमा पानीलाई कुलोमार्फत झारेर पंखा घुमाइ ढुंगाको जाँतोको साहाराले मकै, गहुँ, कोदो, फापर, जौंलगायत अन्न पिस्ने पानीघट्टा विगतमा ग्रामीण क्षेत्रको प्रमुख कुटानीपिसानी विधि थियो । गाउँघरका बासिन्दाले कुटानी–पिसानीका लागि सहज, सस्तो र सरल विकल्पका रूपमा पानीघट्टालाई अपनाउने गर्थे । तर, अहिले पानीघट्टा चलाउने परम्परा हराउँदै गएको छ ।

पानीघट्टाले पिसिएको अन्न स्वादिलो, ताजा र स्वास्थ्यका लागि उत्तम मानिन्छ । तर, पछिल्लो पुस्ताले यस्तो परम्परागत साधनप्रति कम चासो देखाउँदै आएका छन् । परम्परागत सीप र पहिचान जोगाउन पानीघट्टाको संरक्षण गर्न आवश्यक रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय