रुकुमपूर्व — लगातार परेको हिमपातका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत रुकुमपूर्वको भूमे गाउँपालिका–१ स्थित लुकुम–पातिहाल्ना सडकखण्ड बन्द हुँदा यात्रुहरू बाटोमै अलपत्र परेका छन्।

शुक्रबार दिउँसोदेखि सुरु भएको हिमपातले सडकमा हिउँ जमेर सवारी साधन सञ्चालन हुन नसक्ने अवस्था सिर्जना भएको हो। प्रहरीका अनुसार काठमाडौंबाट छुटेका बससहित ७ वटा बस, एक जिप र ५ मोटरसाइकल उक्त क्षेत्रमा रोकिएका छन्। ती सवारीमा सवार २५० भन्दा बढी यात्रुहरू प्रभावित भएका छन्।

लगातारको खराब मौसमका कारण सडक खुलाउने प्रयास प्रभावित भइरहेको छ। हिमपातसँगै वर्षा भइरहेकाले उपकरण परिचालन र सफाइ कार्यमा समस्या देखिएको जनाइएको छ। साथै, सो क्षेत्रमा दूरसञ्चार सेवा अवरुद्ध हुँदा उद्धार तथा समन्वय कार्यसमेत चुनौतीपूर्ण बनेको छ। स्थानीय प्रशासन र सुरक्षाकर्मीले यात्रुहरूको उद्धारका लागि पहल गरिरहेका छन्। तर मौसममा सुधार नआएसम्म सडक पूर्ण रूपमा सञ्चालनमा ल्याउन कठिन हुने देखिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय