भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१४ मा आफू पहिलो पटक भारतको प्रधानमन्त्री भएपछि त्यसयता नेपाल–भारतको द्विपक्षीय सम्बन्धमा धेरै सुधार भएको बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा पत्रकार सम्मेलन गर्दै भारतीय प्रधानमन्त्री मोदीले यस्तो बताएका हुन् ।

उनले आफू प्रधानमन्त्री बनेपछि सबैभन्दा पहिले नेपालको भ्रमण गरेको सम्झँदै नाका अवरोध नहोस् भनेर काम गरेको बताए । उनले यो बीचमा पाइपलाइनमार्फत् डिजेल निर्यात, नेपालबाट भारतमा बिजुली निर्यातको सुविधाका लागि सहजीकरण गरेको पनि बताए । उनले विगत नौ वर्षमा नेपाल र भारत सम्वन्ध हिट भएको र अब त्यसलाई सुपरहिट बनाउने प्रतिवद्धता जनाएका हुन् । ३५

उनले सम्बोधनका क्रममा नेपालको उर्जालाई महत्व दिएको बताए । भारतले नेपालबाट १० वर्षमा १० हजार मेगावाट विद्युत खरिद गर्ने मोदीको भनाइ छ । दुई देशका प्रधानमन्त्रीको भेटपछि आयोजित पत्रकार सम्मेलनमा मोदीले १० वर्षमा १० हजार मेगावाट विद्युत किन्ने, रासायनीक मलकारखाना नेपालमा सञ्चालनका लागि भारतले सहयोग गर्ने सहमति भएको बताए । प्रधानमन्त्री मोदीले आफू र समकक्षी दाहालले भविष्यमा दुई देशबीचको सम्वन्धलाई सुपरहिट बनाउने निर्णय गरेको पनि बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय