काठमाडौंमा सम्पन्न नेकपा एमालेको ११औँ महाधिवेशनबाट केपी शर्मा ओली तेस्रो पटक पार्टीको अध्यक्षमा निर्वाचित भएका छन्। अध्यक्ष पदका प्रतिस्पर्धी ईश्वर पोखरेललाई १०९९ मतले पराजित गर्दै ओलीले पुनः पार्टी नेतृत्व सम्हालेका हुन्।

महाधिवेशनमा देशभरबाट आएका प्रतिनिधिहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो। मतगणनापछि नतिजा सार्वजनिक हुँदा महाधिवेशन स्थलमा ओली समर्थकहरूले विजय उत्सव मनाएका थिए। अध्यक्षमा पुनः निर्वाचित भएपछि ओलीले पार्टीलाई अझ सशक्त, एकताबद्ध र अनुशासित बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै उनले आगामी राजनीतिक चुनौती सामना गर्दै जनताको भरोसा जित्ने गरी एमाले अघि बढ्ने बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय