काठमाडौं । आईसीसी एक दिवसीय विश्वकप छनोट क्रिकेटको निर्णायक खेलमा नेदरल्याण्ड्सविरुद्ध नेपाल १६७ रनमै अलआउट भएको छ ।

जिम्बावेको हरारेमा टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ४४ दशमलव ३ ओभरमा १ सय ६७ रनमा समेटियो । खराब ब्याटिङबाट सुरुवात गरेको नेपालले नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३३ रनको योगदान दिए । सन्दीप लामिछानेल र कुशल भुर्तेलले २७÷२७, भीम सार्की २२, गुल्सन झा १५, दीपेन्द्रसिंह ऐरी १४, कुशल मल्ल १२, आरिफ शेख ६ रन, करण केसी एक रनमा आउट हुँदा आसिफ शेख शून्यमा आउट भए ।

समूह ‘ए’ को चौथो स्थानमा रहेको नेपाल विश्वकपमा छनोटको सम्भावना कायम राख्न आजको खेल जित्नै पर्ने हुन्छ । १ सय ६८ रनको विजयी लक्ष्यसहित नेदरल्याण्ड्स जवाफी ब्याटिङ गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय