काठमाडौं । ६१ किलो सुन तस्करी प्रकरणमा बाराका सुन व्यवसायी शिवकुमार सफरलाई प्रहरीले पक्राउ गरेको छ ।
सफरलाई बिहीबार पक्राउ गरिएको नेपाल प्रहरीले जनाएको छ । सुन प्रकरणमा पक्राउ पर्नेको संख्या २७ जना पुगेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको सुन राजस्व अनुसन्धान विभागले सिनामंगलबाट गत साउन ३ गते बरामद गरेको थियो ।



यो प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल पक्राउ परेका छन् भने पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेशसँग पनि प्रहरीले बयान लिइसकेको छ ।



