काठमाडौं । हङकङमा हुने एसीसी वुमन्स टी–२० इमर्जिङ टिम्स एसिया कप खेल्ने नेपाली टिम शनिबार हङकङ प्रस्थान गर्दै छ । नेपाली टोलीको हङकङको भिजा आइसकेको क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले जानकारी दिनुभएको छ । सामसन जंग थापाको प्रशिक्षणमा रहेको नेपाली टोलीमा कप्तान रुबिना क्षेत्री सहित सीता राना मगर, इन्दु बर्मा, कविता कुँवर, बिन्दु रावल, ज्योती पाण्डे, सम्झना कुमारी खड्का, काजल श्रेष्ठ, कृतिका मरासिनी, सरस्वती कुमारी चौधरी, अस्मिना कर्मचार्य, इश्वरी बिष्ट, अप्सरी बेगम, कविता जोशीको सहभागिता रहेको छ ।
नेपालले प्रतियोगितामा समुह ए मा रहेर हङकङ, भारत र पाकिस्तानको ए टोली संग प्रतिस्पर्धा गर्नेछ । जुन १२ देखि संचालन हुने प्रतियोगितामा नेपालले पहिलो खेल १३ जुनमा पाकिस्तानसँग खेल्नेछ भने दोस्रो खेल १५ जुनमा भारतसँग खेल्नेछ । १७ जुनमा घरेलु टोली हङकङसँग नेपाली टोलीले प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिता हङकङको मिसन रोड मैदान कोलुनमा हुनेछ । समूह बी मा बंगलादेश, मलेसिया, श्रीलंका र दुबई रहेका छन ।



