काठमाडौं- काठमाडौं मेडिकल कलेज सिनामंगल काठमाडौंले फोक्सोमा जमेको पीप शल्यक्रिया नगरी निकाल्न सफल भएको छ । नौ वर्षीया बालिका आकृति ठाकुरको छातीमा निमोनियापछि पीप जम्ने समस्या देखिएकोमा समस्या बिना शल्यक्रियामार्फत निकाल्न सफल चिकित्सक सफल भएका हुन । यो सर्जरी नेपालमा पहिलो पटक प्रयोगमा ल्याइएको मेडिकल कलेजले जनाएको छ ।



बिरामीका पिता उमेशचन्द्र ठाकुरले घरमा ज्वरो र वान्ता आउने समस्या भएपछि स्वासथ्य परीक्षणका क्रममा सो रोगको पत्ता लागेको शल्यक्रियापछि बालिकाको स्वास्थ्य अवस्था ठिक हुँदै गएको बताए ।
यसअघि छाती चिरेर अप्रेशन गर्नुपर्ने भएपनि यस पटक भने नेपालमै पहिलो पल्ट बिना अप्रेशन भिडियो एसिस्टेन्ट थोरास्पोकिक सर्जरीबाट पीप बाहिर निकालिएको कलेजको भनाइ छ । अप्रेशन गर्दा बिरामीलाई ठिक हुन लामो समय लाग्ने तर यस सर्जरीले भने ठिक हुन पनि समय कम लाग्ने र बिरामीलाई कम दुःख हुने चिकित्सकको भनाइ छ ।



