धुलिखेल अस्पतालले नमोबुद्ध नगरपालिका वडा नम्बर ११ को स्वाँरमा रिसर्च सेन्टर निर्माणको प्रक्रिया सुरु गरेको छ । नगरपालिकासँग २०७८ सालमा सम्झौता गरी सुरु भएको जग्गामा रिसर्च सेन्टर निर्माणको प्रक्रिया सुरु हुने भएको हो ।अस्पतालले निर्माण गर्न खोजेको रिसर्च सेन्टरको लागि नमोबुद्ध नगरपालिकासँग भएको सम्झौता अनुसारको जग्गाको स्थलगत अनुगमन गरिएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए।

‘स्थलगत जग्गा अनुगमनका लागि डिभिजन वन, मालपोत, नापी कार्यालयका साथै सुरक्षा निकाय र जनप्रतिनिधिको समेत सहभागिता थियो ।’ सार्वजनिक जग्गा प्राप्ति ऐन अन्तर्गत रहेर उक्त जग्गामा धुलिखेल अस्पतालले बनाउन लागेको रिसर्च सेन्टर निर्माणका बारेमा आवश्यक प्रक्रिया सुरु गर्ने प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । धुलिखेल अस्पताललाई नमोबुद्ध नगरपालिकाका तत्कालीन प्रमुख टिपी शर्मा तिमल्सिनाले स्वाँरको खाली र बुट्यान उल्लेख भएको सार्वजनिक जग्गा २ सय ६३ रोपनी दिने गरी सम्झौता गरेका थिए ।

साबिक नमोबुद्ध पञ्चायत ५ र ६ मा रहेको कित्ता नम्बर ६२२ को ११३ रोपनी र कित्ता नम्बर ७३२ को १५० रोपनी जग्गा धुलिखेल अस्पतालको रिसर्च सेन्टर निर्माणका लागि उपलब्ध गराउने सम्झौता भएको थियो । सोही सम्झौता अनुसार अस्पतालको तर्फबाट उक्त क्षेत्रमा ७ सय भन्दा धेरै विभिन्न प्रजातिका बिरुवाहरू रोपण गरिएको छ ।

वडा अध्यक्ष कृष्णबहादुर लामाले उक्त क्षेत्रको जग्गा अस्पतालको रिसर्च सेन्टरका लागि उपलब्ध गराउन स्थानीय तहबाट पुरा गर्नु पर्ने आवश्यक प्रक्रियाका लागि सहजीकरण गरिएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय