काठमाडौं । शुक्रबार रातिको शक्तिशाली भूकम्प भोगेका जाजरकोट र रुकुम पश्चिमका बासिन्दा अहिले शोकमा डुबेका छन । एकातिर आफन्त गुमाउँदाको पीडा छ भने अर्कातर्फ घरबारविहीन हुँदाको पीडाले पीडितलाई पिरोलिरहेको छ । प्रहरीको अद्यावधिक विवरणअनुसार भूकम्पमा परी अहिलेसम्म एक सय ५७ जनाको ज्यान गइसकेको छ । करिब २०० जना घाइते अवस्थामा छन ।

भूकम्पले जाजरकोट सदरमुकाम खलङ्गामा धेरै भौतिक क्षति पु¥याएको छ । बस्ती उदाङ्गो देखिएका छन् । क्षतिको यकिन तथ्याङ्क नभए पनि पूर्णरूपमा क्षति भएका घर पनि धेरै छन् । नभत्किएका घर पनि आशिंकरूपमा क्षति भएकै छन् । जाजरकोटमा गएको भूकम्पले आधुनिक र पक्की घरभन्दा पराम्परागत घरमा क्षति धेरै पुगेको छ । भूकम्पका कारण जाजरकोटका नलगाड, भेरी र छेडागाड नगरपालिका तथा कुशे र बारेकोट गाउँपालिकामा क्षति भएको ।

यस्तै रुकुमपश्चिमका आठबिसकोट र सानीभेरी नगरपालिकामा बढी क्षति पुगेको छ । रातको समयमा आएको भूकम्पका कारण सुतेका मानिसहरू घरबाहिर निस्कनै नपाएको स्थानीयको भनाइ छ । भूकम्पपछि घरहरू भत्किएको र धेरैजना त्यसमा पुरिएको प्रहरीको भनाइ छ । जाजरकोटमा ज्यान गुमाउने मध्येभेरी नगरपालिकामा पुरुष १४ जना, महिला २८ जना गरी ४२ जना, नलगाड नगरपालिकामा पुरुष १६, महिला ३९ गरी ५५ जना, कुशे गाउँपालिकामा पुरुष ३ र महिला ४ गरी ७ जना र छेडागाड नगरपालिकामा १ जना महिला छन ।

त्यस्तै रुकुमपश्चिममा पनि भूकम्पले ठूलो क्षति गरेको छ । आठबिसकोट नगरपालिकामा ४२ जना र सानीभेरी नगरपालिकामा १० जना गरी ५२ जनाको मृत्यु भएको छ । रुकुमपश्चिममा भने ७९ जना घाइते भएका छन ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय