काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले गाउँघरमा पछाडि परेका महिलाहरुको जीवनस्तर उकास्न सामाजिक अभियान चलाउन आवश्यक रहेको बताउनु भएको छ ।

राष्ट्रिय महिला आयोगको १६ औँ वार्षिक प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले महिलाको उपस्थिति र योगदानलाई अझ प्रभावकारी माध्यमबाट सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो । जनसंख्याको आधा हिस्सा ओगटेको वर्गको निर्णायक तहमा प्रतिनिधित्व अझै सन्तोषजनक नभएको भन्दै पौडेलले धेरै प्रयासका बाबजुद केही क्षेत्रमा महिलाको उपस्थिति आशालाग्दो देखिएको बताउनुभयो । त्यसका लागि महिला आयोगले अझ सशक्त र प्रभावकारीरुपमा कार्यसम्पादन गर्नेमा राष्ट्रपतिले विश्वास ब्यक्त गर्नुभयो ।

 

महिलाको हकहित, लैंगिक समानता, महिला सशक्तिकरणसँग सम्बन्धित विषयमा आयोगको जिम्मेवारी र दायित्व गहन रहेको भन्दै पौडेलले जनजीवनका महत्वपूर्ण क्षेत्रमा महिलाको उपस्थिति र योगदानलाई अझ प्रभावकारी माध्यमबाट सुनिश्चित गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा आयोगका अध्यक्ष कमला पराजुलीले आयोगले गरेका काम कार्वाहीको बारेमा जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय