काठमाडौँ – चन्द्रागिरि क्रिकेट एसोसिएसन नेपाल (CCAN) को आयोजनामा आगामी मंसिर १० गतेदेखि १४ गतेसम्म क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको छ। चन्द्रागिरि नगरपालिकाको सहयोगमा हुने उक्त प्रतियोगिता नगरपालिकाको वडा नं. ६, गोलछापस्थित मदन भण्डारी खेल मैदानमा आयोजना गर्न लागिएको हो। स्थानीय तथा राष्ट्रिय स्तरका क्रिकेट प्रतिभालाई आफ्नो क्षमता प्रदर्शन गर्ने मञ्च प्रदान गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक संस्थाले जनाएको छ। एसोसिएसनका अनुसार खेलकुदको माध्यमबाट युवाहरूमा अनुशासन, एकता, प्रतिस्पर्धात्मक भावना र सकारात्मक सोचको विकास हुने विश्वास लिइएको छ।

प्रतियोगितालाई भव्य र सफलतापूर्वक सम्पन्न गर्न आयोजकले चन्द्रागिरि नगरपालिका, स्थानीय संघसंस्था, खेलप्रेमी, प्रायोजक, सञ्चारकर्मी तथा सम्पूर्ण सरोकारवालाहरूसँग आवश्यक सहयोग, सहकार्य र सहभागिताका लागि हार्दिक अपिल समेत गरेको छ। चन्द्रागिरि–३, काठमाडौँमा कार्यालय रहेको एसोसिएसनका अध्यक्ष प्रविण प्रधान, उपाध्यक्ष हिमांशु शुक्ल, सचिव सविर हुसेन र कोषाध्यक्ष प्रविण कार्की लगायतको कार्यसमिति प्रतियोगिताको तयारीमा जुटेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय