काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसी अनशन बसेको विरोधमा धनगढीमा शनिबार प्रदर्शन भएको छ ।

चिकित्सा शिक्षा सरोकार संघर्ष समिति नेपालले गेटामा मेडिकल विश्वविद्यालय बनाउने प्रदेशबासीको माग विपरीत केसीले अनसन बसेको भन्दै प्रर्दशन गरेको हो । संघर्ष समितिले डा. केसीविरुद्ध नाराबाजी समेत गरेको छ । सरकारले विगतमा गरेका सहमति कार्यान्वयन गर्न माग गर्दै डा. केसी शुक्रबार साँझदेखि धनगढीको लक्ष्मीनारायण मन्दिरको धर्मशालामा अनशनमा बसेका छन् ।

 

अनसन बस्न शुक्रबार साँझ गेटा मेडिकल कलेजमा पुगेका केसीलाई शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ गठित संघर्ष समितिले अवरोध गरेपछि उनी धनगढी आएर अनसन बसेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय