जनकपुरधाम- -भारतको अयोध्यामा निर्माणाधीन राम मन्दिरमा राखिने भगवान रामको मूर्ति बनाउन नेपालको कालीगण्डकीबाट उत्खनन् गरी पठाइएकोे शिलाले भगवानको निर्माण नभएपछि स्थानीयवासी निराश देखिएका छन् । अहिलेसम्म शिलालाई राम मन्दिर परिषरमा यथावत राखिएको छ ।
गत माघ महिनामा अयोध्यामा आयोजित समारोहमा पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधि, जनकपुरधामको जानकी मन्दिरका महन्थ राम तपेश्वर दास वैष्णव र मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले राम जन्मभूमि तीर्थ क्षेत्र ट्रष्टका महासचिव चंपत रायलाई शिला हस्तान्तरण गरेका थिए । नेपाल र भारतमा जुन वाटो भएर शीला लगिया त्यो बाटो भरी शीलाको विशेष पूजा गरिएको थियो ।जनकपुरधामको पञ्चमुखी हनुमान मन्दिरका महन्थ रामविनय दास शीला अयोध्या पुरयाउने टोलीमा सहभागि थिए । उनले नेपालीहरु अयोध्या जाँदा कालीगण्डकीको शीलाको खाजी गर्छन् त्यो नभेटेपछि निराश हुने भएकाले त्यसलाई उचित सम्मान दिनुपर्छ ।



भार लिएर अयोध्या पुग्नु भएका वुद्धिजिवी प्रमोदानन्द झाले शिला हेर्न आफू त्यहाँ पुगेको र त्यहाँ टुक्रा बनाएर राखिएको हेरेको वताए । दुईवटा शिलामध्ये एउटा १८ टनको छ भने अर्को १६ टनको छ । १६ टनको शिलामुनि चतुर्भुज शालिग्राम भेटिएको थियो । म्याग्दीको बेनी नगरपालिका–६ ठूलोपहिरोस्थित कालीगण्डकी नदी किनारबाट निकालिएको सो शीला करोडो साल पुरानो रहेको छ ।
प्रदेश सांसद एवं नेपाली कांग्रेसका नेता रामसरोज यादवले देवशीलासँग नेपालको मात्रै नभइ भारतको हिन्दूहरुको पनि आस्था जोडिएको ले त्यसलाई सम्मान दिनुपर्ने माँग गर्नु भएको छ । भार लिएर अयोध्या पुगेकाहरु शीलाको निकै खोजी गरेका थिए । राम मन्दिर ट्रष्टमा पनि शीला लिएर कयौ पटक छलफल भएको छ । विश्व हिन्दू परिषदका अन्तर्राष्ट्रिय मन्त्री राजेन्द्र सिंह ‘पंकज’ले राम मन्दिरमा प्राणप्रतिष्ठा कार्यक्रम सकेपछि शीलालाई कसरी उपयोग गर्ने सम्बन्धमा निर्णय गरिने वताए ।



