काठमाडौं । फिफा महिला विश्वकपको उपाधिका लागि इंग्ल्यान्ड र स्पेनबीच प्रतिस्पर्धा हुँदैछ ।
सेमीफाइनलमा घरेलु टोली अस्ट्रेलियालाई ३–१ गोल अन्तरले पराजीत गर्दै इंग्ल्यान्ड उपाधिका लागि स्पेनसँग भिड्न लागेको हो । सेमीफाइनल खेलमा स्पेनले स्वीडेनलाई २–१ गोलले हराएको थियो । दुबै टीम पहिलो पटक विश्वकपको फाइनलमा पुगेको हो । खेल अस्ट्रेलियाको सिड्नीस्थित स्टेडियममा हुनेछ भने नेपाली समयअनुसार पौने चार बजे सुरु हुनेछ ।



इंग्ल्याण्ड र स्पेनबीच खेल जसले जीते पनि विश्वकपले नयाँ च्याम्पियन पाउनेछ । यसअघि अमेरिकाले ४, जर्मनले २, जापान र नर्वेले १–१ पटक विश्वकप हात पारेका छन् ।



