काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार बझाङ र आसपासका क्षेत्र केन्द्रबिन्दु भई गएको भूकम्पबाट पीडितलाइ तत्काल राहत उपलब्ध गराउन निर्देशन दिएका छन । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को १२ औं बैठकलाई बिहिबार सम्बोधन गर्दै दाहालले हालसम्म भएको उद्धार, राहत र व्यवस्थापनको पहलकदमीका लागि सम्बन्धित सबैलाई धन्यवाद पनि दिएका छन । उनले बझाङ र आसपासको क्षेत्रमा भूकम्पबाट भएको मानवीय र भौतिक क्षतिको राहत र व्यवस्थापनका लागि सबै क्षेत्रलाई समन्वय गरेर काम गर्न निर्देशन दिए ।दहालले भुकम्प प्रभावित जनतालाई तत्काल राहत, उद्धार र व्यवस्थापनका लागि सरोकारवालालाई निर्देशन दिएका हुन ।



प्रधानमन्त्री दाहालले प्राकृतिक विपद्बाट सिर्जित सङ्कटसँग जुध्न तीनै तहका सरकार सहित सबै पक्षको एकीकृत र समन्वयात्मक पहलकदमी जरुरी रहेको बताए । सरकारका तर्फबाट राहत, उद्धार, उपचार, पुनःस्थापना तथा पुनर्निर्माणमा कुनै कमी हुन नदिइने प्रधानमन्त्रीले प्रतिबद्धता व्यक्त गरे । प्रधानमन्त्री दाहाल शुक्रबार बझाङको गई प्रत्यक्ष अवलोकन गर्ने र त्यसबाट आएको रिपोर्टपछि थप कार्यक्रम अघि बढाउने बताए ।



