काठमाडौं । गुण्डा नाइके रिगल भनिने योगराज ढकाललाई आममाफी दिएकोमा सर्वोच्च अदालतले सरकारसँग जवाफ माग गरेको छ ।
असोज २४ गते ५ बजेभित्र आममाफी दिनुको कारणसहित लिखित जवाफ पेश गर्न विपक्षीको नाममा आदेश आएको हो ।




न्यायाधीश मनोजकुमार शर्माको इजलासले सरकारसँग आममाफी दिनुको कारणसहित लिखित जवाफ मागेको हो । संविधान दिवसको अवसर पारेर गृह मन्त्रालयको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रिगलको कैद मिनाह गरेका थिए । उक्त निर्णयको विरुद्ध पीडित परिवारले सर्वोच्चमा रिट हालेको हो ।



