काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जुनसुकै समयमा सर्वसाधारणले रक्षाबन्धन गर्नसक्ने बताएको छ ।
समितिले विज्ञप्ति जारी गर्दै भदौ ३ गते सोमबार पूर्णिमा तिथि ४७ घडी १९ पला रहेको र त्यसदिन दिउँसो १ बजेर ३१ मिनेटसम्म भद्रा परेको जनाएको छ । यो वर्ष भद्रा परेकाले रक्षाबन्धन गर्न नहुने हल्ला चलेको समयमा समितिले विज्ञप्ति नै निकालेर प्रष्टीकरण गरेको हो ।



भद्रामा श्रावणीसम्बधी कर्म गरेमा शासन सत्तामा रहेकालाई नकारात्मक असर पर्ने ज्योतिषशास्त्रले भन्छ । त्यसैले शासन सत्तामा रहेकाहरूलाई भने दिउँसो साढे १ बजेपछि मात्र रक्षाबन्धन गर्न समितिले सुझाव दिएको छ । सर्वसाधारणलाई कुनै असर नगर्ने भएकाले बिहानैदेखि रक्षाबन्धन गर्न सकिने छ ।




