हुम्ला — २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनले हुम्लालाई पनि छोकेको छ। एक मात्र निर्वाचन क्षेत्र रहेको हुम्लामा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० लगायतका पुराना दलहरूले चुनावी अभियान सुरु गरेका छन्। उम्मेदवारहरू घरदैलोमा गएर मतदाता संगठित पार्ने प्रयासमा छन्। कांग्रेस, एमाले र नेकपाका उम्मेदवारहरूले सिमकोट–५ चौपाडीबाट चुनावी अभियान शुरू गरेका छन्। त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का टासी ल्हाजोम दक्षिण हुम्लाको ताजाँकोटबाट मत माग्न अभियानमा छन्।

हुम्लामा मतदाताले समय–समयमा दल परिवर्तन गर्दै आएका छन्। २०४८ सालमा संयुक्त जनमोर्चा नेपालका उम्मेदवार छक्कबहादुर लामा विजयी भएका थिए। त्यसपछिका निर्वाचनमा कांग्रेस, एमाले, माओवादी र स्वतन्त्र उम्मेदवारहरूले क्रमशः जित हासिल गरेका छन्। गत निर्वाचनमा माओवादी केन्द्रका छिरिङ दम्डुल लामा ९कार्चेन० निर्वाचित भएका थिए।

यसपटक हुम्लामा मुख्य प्रतिस्पर्धा कांग्रेस, एमाले र नेकपाबीच हुने देखिन्छ। तर रास्वपा, प्रगतिशील प्रजातन्त्र पार्टी (प्रलोपा) र राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि चुनौती दिने तयारी गरेका छन्। कांग्रेसबाट जयपति रोकाया, एमालेबाट दल फडेरा, नेकपाबाट डा। दीपेन्द्र रोकाया, र रास्वपाबाट टासी ल्हाजोम उम्मेदवार रहेका छन्। प्रलोपा र राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि उम्मेदवार प्रस्तुत गरेका छन्। प्रदेश ९क० मा १९,४१९ र प्रदेश (ख) मा १४,९५३ मतदाता रहेका हुम्लामा आगामी निर्वाचनमा मतदाता फेरबदलले निर्णायक भूमिका खेल्ने सम्भावना छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय