शुक्रबार पक्राउ परेका अभिनेता अनमोल केसी अस्पतालमा भर्ना भएका छन् । शुक्रबार आर्थिक लेनदेन विवादमा फिल्म ‘रावायण’का निर्माताको उजुरीपछि पक्राउ परेका अभिनेता केसी गएराति चिरायु अस्पतालमा भर्ना भएका हुन् ।अभिनेता केसीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रबार साँगाबाट पक्राउ गरेको थियो । रावायण नाम फिल्म खेल्नका लागि १० लाख रूपैयाँ लगेको तर सम्झौता गर्न नमानेको भन्दै चन्द्रकला कटवाल थापाले अनमोलविरुद्ध उजुरी दिएकी थिइन् ।
उजुरी परेपछि पटपटक छलफलका लागि दुबै पक्षलाई बोलाउँदा पनि अनमोल नआएपछि अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरी शुक्रबार प्रहरी वृत्त सिंहदरबारमा बुझाएको थियो ।



वृत्तमा पुर्याइएपछि अनमोलले छाती दुखेको र श्वास फेर्न गाह्रो भएको नेताहरुको जस्तै बहाना बनाएर अस्पताल भर्नाभएर बसेकाछन् । काठमाडौंका प्रवक्ता एसपी कुमोध ढुंगेलले सन्चो नभएको भनेपछि चिरायुअस्पतालमा भर्ना गरिएको जानकारी दिए ।



