हेटौंडा अस्पतालको मूर्दाघरमा अहिले पनि दुई वटा बेवारिसे शव राखिएको छ। पहिचान खुल्न नसकेका शवलाई प्रहरीले सरकारी अस्पतालका मूर्दाघरमा ल्याउने प्रचलन छ। तर, मृतकको पहिचान नखुलेसम्म परिवारलाई जिम्मा लगाउन वा अन्त्येष्टि गर्न नसकिने भएकाले शव व्यवस्थापन अन्योलपूर्ण बन्ने गरेको छ। हेटौंडा अस्पतालमा ४(५ दिनसम्म शव राख्न सक्ने मर्चुरी क्षमता मात्र रहेको हुँदा बेवारिसे शवको अन्त्येष्टिमा समस्या भइरहेको छ।

सोमबार पूर्व(पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरीमा ट्रकको ठक्करबाट चितवन, रत्ननगर नगरपालिका(१६ पिठुवाका ५६ वर्षीय निमबहादुर थापाको मृत्यु भयो। मृतकको शव पोस्टमार्टमका लागि सोही दिन हेटौंडा अस्पताल ल्याइयो। तर, अस्पताल प्रशासनले शव राख्नका लागि मृतकका आफन्तलाई आइस किनेर ल्याउन भन्यो। हेटौंडा अस्पतालमा रहेका ६ वटा मर्चुरी नै बिग्रिएको भन्दै मृतकका आफन्तले आक्रोश व्यक्त गरे।

नेपाल प्रहरीको अपराध अनुसन्धान विभागका अनुसार, देशभर करिब १२ सय शव अझै पहिचान हुन सकेको छैन। अस्पतालहरूमा सीमित मर्चुरी क्षमता भएकाले सबै शव अटाउन समस्या भइरहेको छ। बागमती प्रदेशमै मात्र ३ सय ७४ शवको पहिचान अझै खुल्न सकेको छैन। सरकारी अस्पतालहरूमा महिनौंसम्म शव राख्न नसकिने र करिब ५ दिनसम्म मात्र मर्चुरी राख्ने सुविधा भएकाले समस्या उत्पन्न भएको हो।

अस्पतालमा मर्चुरीको अभावका कारण मृतकका परिवार र प्रहरी प्रशासन दुवैले सास्ती भोग्नुपरेको छ। सरकारी अस्पतालमा शव राख्ने संरचनागत सुधारका लागि तत्काल पहल गर्न मृतकका आफन्तको माग छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय