आमा कुण्ड पछाडी भू–गर्वमा विशाल पोखरी रहेको सो पोखरीबाट कहिलेकाही पुराना ‘क्वाइन’ मुद्रा बगाई लेराउने गरेको अनी त्यही पोखरीबाट कालो भ्यागुता र बुट्टा भएको माछाहरु आमाकुण्डसम्म आउने गरेको उल्लेख छ ।
काठमाडौं उपत्यकाको दक्षिण–पश्चिम भेगमा रमणीय प्राकृतिक भू–बनोटले सजिएको महाभारत पर्वत श्रृंखला चन्द्रागिरि पहाड अन्तरगत शाखा पर्वतमा रहेको वन महालक्ष्मी र बतासे दूलो वनको फेदीमा परापूर्व समय देखि मानिदै जानिदै आएको आमाको तीर्थ मातातीर्थ रहेको छ । यसका काखमा विभिन्न ऐतिहासिक ग्राम र द्रगहरु छन् । वन औषधिले भरिएको मनै लोभ्याउने यो प्राकृतिक सितलतामा जो कोही व्यक्ति एक पटक आउँछ आफूलाई हराएको पाउँछ । यस ऐतिहासिक तथा सांस्कृतिक स्थानको बर्णनहरु विभिन्न पौराणिक ग्रन्थहरुमा गरिएको पाइन्छ । साथै जनश्रुतिहरु पनि प्रशस्त सुन्न पाइन्छ । एक बंशावलीअनुसार यो स्थान किराँतहरुको राजधानी हो । किराँतहरुले पहिला राज्य यही गरेका थिए । त्रेतायुगमा वनबासको क्रममा रामचन्द्र यस स्थानमा आइपुग्दा किराँतहरुसँग घमासान युद्ध भयो । युद्धबाट आक्रान्त सीतालाई पानी प्यास लागेपछि रामचन्द्रले बाण हानी पानी निकाली सीताको प्यास मेटाएका थिए । त्यस्तै यस महान भूमिमा द्वापरयुगमा श्रीकृष्ण यात्रको सिलसिलामा आउँदा दुई नरकीहरुले देखेर मृत आमाको दर्शन गर्न पाउँ भनि विन्ति गर्न थाले । कृष्णले नजिकको कुण्डमा लगि आमाको दर्शन गराई दिनुभयो भन्ने पनि सुन्न पाइन्छ । स्वर्र्गका राजा इन्द्र गौतम ऋषिको श्रापका कारण यस पवित्र स्थलमा स्नान गर्न आएको कुरा पुराणमा पाइन्छ । वैद्यराज अश्विनीकुमारले पनि यहाँको यात्रा गरेको पाइन्छ ।



भारत, बर्मा, मलाया, बंगलादेश आदि देशरुबाट समेत तीर्थटन गर्न पर्यटकहरु आउने गर्दछन् । बौद्ध धर्मावलम्बी रहिन्दु धर्मावलम्बीहरुको ठूलो घुइँचो यस दिन हुन्छ । यो मेलामा सरकारी पुजा समेत हुने गर्दछ । सम्पूर्ण जानजातीहरुको एकै स्थानमा फरक फरक शैलीले पुजा गर्ने र आफ्ना आमा सम्झने गर्दछन् ।
स्कन्दपुराण, हिमवत् खण्ड, नेपाल महात्म्यमा मातातीर्थको महात्म्य छ । सो महात्म्यमा ने–मुनिले विरुपाक्षलाई सुमेधा वैश्यको कारुणिक कथा सुनाएका थिए । मातृसंसर्गको पापले कुष्ठरोगी भएका विरुपाक्षलाई रोगबाट मुक्त गराउन औषधिय गुणले युक्त यस जलकुण्डमा स्थान गराई आमाको दर्शन गराएको बर्णन पाइन्छ । पैशाची भाषामा ९ लाख कविता लेख्ने कवि वुणादयले मातातीर्थको बारेमा पनि कविता लेखेका छन् । उनले कवितामा बर्णन गरेअनुसार सुवर्ण हिलका बुट्टाभएका माछाहरु यहाँ पाइन्छन् । आज पनि कुनै कुनै सिजन यो देख्न सकिन्छ । आमा कुण्ड पछाडी भू–गर्वमा विशाल पोखरी रहेको सो पोखरीबाट कहिलेकाही पुराना ‘क्वाइन’ मुद्रा बगाई लेराउने गरेको अनी त्यही पोखरीबाट कालो भ्यागुता र बुट्टा भएको माछाहरु आमाकुण्डसम्म आउने गरेको जीर्णोद्धार गर्ने कर्मीहरु बताउँछन् । मध्यकालीन समयमा सुलकी बंशले यहाँको संरचना बनाउन ठूलो सहयोग गरेको पाइन्छ ।

‘जननी जन्मभूमिश्य स्वर्गादपि गरियसी’ आफू जन्मेको भूमि र जन्म दिने आमा स्वर्ग भन्दा प्यारा हुन्छन् । वैशाख कृष्ण पक्षको औंशी (मातातीर्थ औंशी) का दिन नेपालीहरु यस स्थानमा अघिल्लो दिनदेखि नै जाग्राम बसी भोलिपल्ट स्नान गरि आमाकुण्डको दर्शन गर्ने चलन छ । ग्वालाहरुको बसाईको समय देखि नै अर्थात गोपाल वंशको शासन देखि नै यो प्रचलन रहेको पाइन्छ । भारत, बर्मा, मलाया, बंगलादेश आदि देशरुबाट समेत तीर्थाटन गर्न पर्यटकहरु आउने गर्दछन् । बौद्ध र हिन्दु धर्मावलम्बीहरुको ठूलो घुइँचो यस दिन हुन्छ । यो मेलामा सरकारी पुजा समेत हुने गर्दछ । सम्पूर्ण जानजातीहरुको एकै स्थानमा फरक फरक शैलीले पुजा गर्ने र आफ्नो आमा सम्झने गर्दछन् । मृत्यु भएकी आमाको नाममा बत्तीबाल्ने, श्राद्ध गर्ने अनि जिउँदो आमालाई मिठो मिष्ठान्न खुवाई आर्शिवाद लिने गरिन्छ । धार्मिक सहिष्णुता यसको मुख्य विशेषता हो ।

संसारमै आमालाई पुजा गर्ने सम्झने कुनै तीर्थस्थल वा ऐतिहासिक वा सांस्कृतिक स्थान छैन । जुन नेपालीसँग छ । यस ऐतिहासिक स्थलको सुन्दर व्यवस्थापकीय कार्य गरि यहाँको प्रकृति र संस्कृतीसँग पर्यटकको भावना साट्न पाए यहाँको यो भूमि अझै प्रख्यात हुने थियो । यस अवसरलाई आम नेपालीले छोप्नु पर्छ । यसमानेमा काठमाडौं जिल्ला चन्द्रागिरि नगरपालिका वडा ६ र वरपरका बासिन्दा गौरवाञ्वित छन् । सबै आमाहरुप्रति नमन् ।



