इलाम । इलामको माङ्सेबुङ गाउँपालिका–५ बार्हलाखे माङमिक्तोक्लामा आगोलागी हुँदा आठ घर जलेर नष्ट भएको छ ।
स्थानीय समिर चेम्जोङको घरबाट शुरु भएको आगलागीले आठ घर जलेर नष्ट भएको हो । राति करिब दुई बजेदेखि आगो लागेको स्थानीयले बताएका छन् । आगलागीबाट मानवीय क्षति भने भएको छैन । प्रहरी र स्थानीयको सहभागितामा आगो निभाउने प्रयास भइरहेको छ ।



आगलागी हुनुको कारण अहिलेसम्म खुल्न सकेको छैन भने क्षतिको विवरण आउन बाँकी छ ।



