काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले डेडिकेटेड ट्रंकलाइनको बक्यौता नतिर्ने उद्योगीहरुको विद्युत लाईन काट्न नहुने बताउनु भएको छ । नेपाल विद्युत प्राधिकरणको ३९औँ वार्षिकोत्सवमा मन्त्री खड्काले डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम नतिर्ने उद्योगहरुको विद्युत काट्नु नहुने बताउनु भएको हो ।
उहाँले बक्यौता रकम नतिर्ने उद्योगलाई दण्ड, सजाय र जरिवाना गर्ने विकल्प हुँदाहुँदै प्राधिकरणले विद्युत लाईन एकैचोटि काट्न नहुने बताउनु भयो । उहाँले उद्योगको लाइन काट्नु भएको घाँटी काटे सरह हुने भएकोले नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङलाई उद्योगको लाइन नकाट्न निर्देशन दिनुभयो । उद्योगसँग आश्रित परिवार, उत्पादन र राजश्वको कुरा पनि भएकाले पैसा नतिरेको खण्डमा कानूनको प्रयोग गर्नुपर्ने उल्लेख गर्नुभयो ।



मन्त्री खड्काले ऊर्जा क्षेत्रले नै देशलाई समृद्ध बनाउने भएकोले सोही अनुरुप ऊर्जा क्षेत्रको स्रोत, साधन परिचालनमा सरकार लागि परेको बताउनु भयो ।



