काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पतालबाट डिस्चार्ज भएका छन् । मुटुमा समस्या देखिएपछि गृहमन्त्री श्रेष्ठ गत मंगलबार शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारी भर्ना भएका श्रेष्ठ आज घर फर्केका हुन । मंगलबार राति नै चिकित्कले मन्त्री श्रेष्ठको मुटुको खुम्चिएको नशाको एन्जियोप्लास्टी सर्जरी गरिएको थियो । एन्जियोप्लास्टी सर्जरीपछि केही दिन अस्पताल बसेका श्रेष्ठलाई चिकित्सकले केही समय आराम गर्न सुझाव दिएका छन ।

चीनको भ्रमणमा रहेका बेला गत असोज ३० गतेपनि गृहमन्त्री श्रेष्ठलाई मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए । चीनमा उपचार गर्दा गरिएको स्वास्थ्य परीक्षणमा श्रेष्ठको मुटुको अर्कोपट्टी धमनीमा समेत केही अवरोध देखिएकाले गंगालाल राष्ट्रिय हृदय केन्द्रमा डा अरुण मास्के समेतको चिकित्सकीय टोलीले एन्जियोप्लास्टी सर्जरी गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय