काठमाडौं । नेकपा एमाले कोशी प्रदेश कमिटीका नवनिर्वाचित प्रदेश अध्यक्ष, पदाधिकारी तथा सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन । कोशी प्रदेश इन्चार्ज रघुवीर महासेठले निर्वाचित अध्यक्ष, पदाधिकारी तथा सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन । निर्वाचितहरुलाइ एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।



एमालेको पहिलो प्रदेश अधिवेशनमा अध्यक्षमा घनश्याम खतिवडा,सचिवमा राजकुमार भण्डारी, उपसचिवमा जलवर्षा राजवंशी र देवान राई निर्वाचित भएका हुन ।उपाध्यक्षमा टीकाराम चेम्जोङ सर्वसम्मत निर्वाचित भएका थिए । अधिवेशनबाट प्रदेश कमिटीका पदाधिकारीसहित २१५ सदस्यीय कमिटी गठन भएको छ ।



