लुम्विनी प्रदेशको कपिलवस्तु, रुपन्देही, नवलपरासी लगायत तराई मधेशका मुस्लिम समुदायले आज मोहर्रम पर्वलाई शोक पर्वको रुपमा मनाएका छन् । शनिवार सांझ ताजिया बिजर्सन गरी पर्वको विधिवत रुपमा समापन गरिएको हो । ईस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बरका नाति हजरत हुसैनको शहादत भएको शोकमा यो पर्व मनाइने गरिन्छ ।

मुस्लिम समुदायले शोकको पर्वको रुपमा मनाउने मोहर्रम पर्वले पछिल्लो समय हिन्दु र मुस्लिम समुदायबीच एकता अझै प्रगाढ बनाएको छ । सद्भावको प्रतिकको रुपमा रहेको यो पर्वमा वर्षेनी श्रद्धालु बढ्दै गएका छन् । यो पर्वमा हिन्दु धर्माबलम्बीहरुले पनि उत्तिकै आस्थाका साथ मुस्लिम समुदायले जस्तै ताजिया बनाई विधिवत रुपमा पूजाअर्चना गर्न थालेका छन् ।

सन् ६८० अक्टोबर १० तारिखका दिन इराकको राजधानी बगदादभन्दा सय किलोमिटर टाढा उत्तर पूर्वको करबलामा यजिदी फौजसँगको धर्मयुद्धमा सहादत प्राप्त गरेका हुसैनको सम्झनामा ताजिया बनाई मोहर्रम पर्व मनाउने परम्परा शुरु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय