झापाको पूर्वी सिमावर्ती सहर काँकरभिट्टा नाकामा तालिम प्राप्त कुकुरसहितको प्रहरी टोलीले चेकजाँच गर्न थालेको छ । नजिकिदै गएको चाडपर्वको क्रममा हुनसक्ने चोरी तस्करी नियन्त्रणका लागि सीमावर्ती ईलाकामा थप कडाइका साथ चेकजाँच गर्न थालिएको हो । सुरक्षा व्यवस्थालाई थप मजवुत बनाउन नाकामा पारु र पिङ्कु नामक दुई कुकुरलाई सुरक्षा जाँचमा खटाइएको हो ।

जर्मन सेफर्ड जातको पारुले बिस्फोटक पदार्थ र गोल्डेन रिटिभर जातको पिङकुले लागु औषध पत्ता लगाउने तालिम पाएका छन । प्रहरीले नदेखेका कुरा पनि कुकुरले सुँघेर थाहा पाउने हुनाले सुरक्षा सतर्कतामा सजिलो हुने प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय