कैलालीमा सर्पले डसेर दुई बालिकाको ज्यान गएको छ । कैलालीको गौरीगङ्गा नगरपालिका–७ महुलियामा सर्पले डसेर एकै घरका दिदी बैनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
४ वर्षीया काजल र ७ वर्षीया नीता घर्तीमगरलाई शुक्रबार राति सुतिरहेको अवस्थामा सर्पले डसेको थियो । सर्पले डसेपछि स्थानीय अस्पतालबाट थप उपचारको लागि धनगढी ल्याइएको थियो । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा उनीहरु दुवैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।



सोही समयमा बालिकाकी हजुर आमा मेनुका घर्तीमगरलाई पनि सर्पले डसेको छ । उहाँको अहिले सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । उहाँको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।



