रामेछाप । रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं–१० की महिलाको खोलाले बगाएर मृत्यु भएको छ । घरबाट खेतमा काम गर्न गएकी लोकमाया श्रेष्ठको स्थानीय बफर खोला तर्ने क्रममा खोलाले बगाएर मृत्युभएको हो ।

खोलाले बगाएको खबर पाउना साथ स्थानीय र प्रहरीले खोजी जारी गरेको थियो । खोजीको क्रममा सोही खोलाको कल्भर्टमा अड्कीएर मृत्यु भएको अबस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय