काठमाडौं । चन्द्रागिरि नगरपालिकामा पहिलो पटक अत्याधुनिक तथा सुविधा सम्पन्न पाटी प्यालेस मोर्डन पार्टी भेन्यू प्रा.लि. औपचारिक रूपमा सञ्चालनमा आएको छ । नगर क्षेत्रमा विभिन्न पाटी प्यालेसहरू सञ्चालनमा रहे पनि संरचना, सेवा–सुविधा, आधुनिक डिजाइन र व्यवस्थापनका दृष्टिले मोर्डन पार्टी भेन्यू सबैभन्दा आकर्षक र विशिष्ट रहेको छ ।
थानकोटको पुरानो बसपार्कसँगै सहज पहुँच हुने स्थानमा निर्माण गरिएको मोर्डन पार्टी भेन्यू संचालनमा आएपछि स्थानीय बासिन्दा मात्र नभई आसपास क्षेत्रका सेवाग्राहीहरू समेत उत्साहित भएका छन् । विवाह, व्रतबन्ध, रिसेप्सन, जन्मदिन, कर्पोरेट कार्यक्रम, सेमिनार तथा विभिन्न सामाजिक तथा सांस्कृतिक कार्यक्रमलाई लक्षित गरी यस पाटी प्यालेसलाई आधुनिक प्रविधि र सुविधासहित तयार गरिएको छ ।



यस पाटी प्यालेसको ग्राण्ड ओपनिङ कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका स्थानीयवासी, बुद्धिजीवी वर्ग, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता, व्यवसायी, समाजसेवीलगायतको उल्लेख्य उपस्थिति रहेको थियो ।
मोर्डन पार्टी भेन्यूमा आकर्षक सजावट, फराकिलो हल, पर्याप्त पार्किङ सुविधा, आधुनिक लाइट तथा साउन्ड सिस्टम, गुणस्तरीय क्याटरिङ सेवा र सुरक्षित वातावरणको व्यवस्था गरिएको छ । ग्राहकको आवश्यकता अनुसार सेवा प्रदान गर्ने लक्ष्यका साथ अनुभवी व्यवस्थापन टोली परिचालन गरिएको संचालक पक्षले जनाएको छ ।
स्थानीय स्तरमै गुणस्तरीय कार्यक्रम आयोजना गर्न सकिने वातावरण सिर्जना गर्ने उद्देश्यका साथ स्थापना गरिएको मोर्डन पार्टी भेन्यूले चन्द्रागिरिको सामाजिक तथा व्यावसायिक गतिविधिमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ ।




