चन्द्रागिरि नगरपालिकाले नगरपालीकाभित्रका दिर्घरोगीहरुको स्वास्थ्यको ख्याल गर्दै स्वाथ्य चेकजाचको व्यवस्था गरेको छ । नगरपालिकाले शुक्रबार मातातीर्थ औषधालयमा आयुर्वेद चिकित्सालय नगरदेवीबाट विभिन्न चिकित्सकहरुलाई नगरपालिकामा ल्याएर विरामीहरुको स्वास्थ्य चेक जाच गर्ने भएको हो । नगरपालिकाले दिएको जानकारी अनुसार शुक्रबार आयोजना हुने शिविरमा नशा सम्बन्धी समस्या तथा डिप्रेसन, अनिद्रा लगायतका विरामीहरुलाई नि शुल्क उपचारकोलागी सम्पर्क गर्न भन्दै सुचना जारी गरेको हो ।
चन्द्रागिरि नगरपालिकाले बेला बेलामा आयोजना गर्दै आएको यसप्रकारको शिविरबाट उत्त क्षेत्रका विरामीहरु लाभान्वीत समेत हुदै आएकाछन् । विभिन्न समयमा नगरपालिकाका विभिन्न वडाहरुमा संचालन हुदैआएको स्वास्थ्य सम्बन्धी शिविरहरुबाट लाभ लिएका विरामीहरुलाई लाई स्वास्थ्य लाभको हाम्रो पनी स्वास्थ्य लाभको हार्दिक शुभकामना ।







