सरकारले ल्याएको राष्ट्रिय चिकित्सक शिक्षा ऐन विभेदकारी भएको भन्दै संशोधनको माग गर्दै सरोकारवालाहरू १५ दिनदेखि आन्दोलन गरिरहेका छन् । देशमा भएका मेडिकल शिक्षालय संचालन हुन नसक्दा स्वास्थ क्षेत्र अस्तब्यस्त भएको भन्दै १५ दिनदेखि काठमाडौं माइतीघर मण्डलामा आन्दोलनमा जारी रहेको छ ।

आन्दोलनलाई राजनीति पार्टी विभिन्न चिकित्सक संघ संस्थाको तर्फबाट पनि ऐक्यबद्धता जनाउने क्रम बढेर गएको छ । १५ आ‌ै दिनको आन्दोलन लाई विभिन्न सरोकारवाला संघ संस्थाका प्रतिनिधिहरूले सरकारले ल्याएको चिकित्सक शिक्षा नितिका कारण नेपाली बिद्यार्थीहरूले सहजरूपमा देशमा नर्सिङ शिक्षा पढ्न नपाएको कारण आन्दोलन गर्दै माग राखेको बिद्यार्थीको माग नै अभिभावकको माग भएको बताए ।

चिकित्सा शिक्षामा बिद्यार्थी र अभिभावकको रूचि भएको स्वदेशी लगानी कर्ताको रूचि भएको बिदेशमा समेत नेपाली चिकित्सकको माग भएको हुदा सरकारले चिकित्सक शिक्षा ऐन संशोधन गर्नुपर्ने चिकित्सक शिक्षा संघर्ष समितिका संयोजक निर्मल सापकोटाले बताए ।

सङ्घर्ष समितिका अनुसार सीटीईभीटीअन्तर्गतका प्रिडिप्लोमा तहका स्वास्थ्य विषयका १३७ र स्टाफ नर्स ७३, विश्वविद्यालयअन्तर्गतका स्नातक तहका बीएन ११ र बीएस्सी नर्सिङका ८ वटा शिक्षण संस्था बन्द भएका छन् ।देशमा जम्मा १८०० जना बिद्यार्थीले मात्र नर्सिङ शिक्षा पढ्न पाउने ब्यवस्था भएपनि अहिले त्यो समेत अन्यौलमा परेको छ ।

नेपालमा धमाधम शिक्षण संस्था बन्द हुँदा भारतीय सीमा नाकामा भने धमाधम मेडिकल कलेज तथा शिक्षालय खुलिरहेको र सोहीमार्फत लाखौँ रकम बाहिरिएको संघर्ष समितिले दाबी गरेको छ ।

https://nepal.agmwebhosting.com/webhosting/aff.php?aff=470

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय