नेकपा एमालेका अध्यक्ष केपी ओलीले जनतामा अन्योल र निराशा छाउँदा प्रतिक्रियावादी शक्तिहरु सल्बलाउन थालेको बताएका छन् । बिहीवार बैतडीको गोठलापानी आयोजित महाकाली—मेची अभियानअन्तर्गतको सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिले राजाको शालिक बनाएर श्री ५ महाराजधिराज लेख्ने असंवैधानिक काम भइरहेको बताएका हुन् । उनले अब नेपाली जनता पछाडि फर्किन नसक्ने भन्दै कोही राजा र कोही दास हुन जन्मिने कुरा स्वीकार्य नहुने चेतावनी दिए ।
अध्यक्ष ओलीले अब गरिबी, अभाव, भोकमरीको अन्त्य गर्नुपर्ने र त्यो काम सरकारको भएको पनि स्पष्ट पारे ।






