राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ठुला राजनीतिक दलहरु नै भ्रष्टाचार र लेनदेन काण्डमा संलग्न भएको आरोप लगाएका छन् । झापाको बिर्तामोडमा आज आयोजित सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले ठुला राजनीतिक दलका नेताहरुले ३० औं बर्षसम्म देश बनाउनभन्दा पनि अबैध अकुत्त सम्पत्ती कमाउन समय खर्च गरेको आरोप लगाएका हुन् । उनले २०८४ सालको निर्वाचनपछि आफ्नो पार्टी सरकारमा पुगेपछि राज्यको सम्पत्ति लुट्ने नेताहरूलाई छानबिन गरेर दण्डित गर्ने दाबी समेत गरे ।

सभापति लामिछानेले ललिता निवास जग्गा प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण र सुन तस्करी प्रकरणलाई सुक्ष्म तबरबाट अनुसन्धान गर्ने हो भने केही नगन्य नेताबाहेक सबै जेल जाने बताए । उनले संसदलाई प्रमुख तीन दलले आफ्नो सिन्डिकेट बनाउन खोजेको आरोपसमेत लगाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय