डेंगी रोगको संक्रमण देशैभर फैलिएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले डेंगी रोगको संक्रमण ७५ जिल्लामा पुगेको जनाएको छ ।

हुम्ला र मुस्ताङबाहेक सबै जिल्लामा डेंगी फैलिएको हो । ७५ जिल्लामा ५ हजार १ सय १९ जनामा यसको संक्रमण देखिएको छ । यसवर्ष हालसम्म ३ जनाको डेंगीका कारण मृत्यु भएको छ । काठमाडौँ जिल्लामा ४ सय २१, भक्तपुर ५८ र ललितपुर ७९ जनामा डेंगी संक्रमण देखिएको छ । वर्षाको बेला पानीका संकलन गरेर राख्ने र संकलन गरिएको पानीमा लामखुट्टे रहने र त्यही लामखुट्टेले टोक्ने भएकाले संक्रमण बढेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगीको सङ्क्रमण बढेपछि प्रत्येक शुक्रबार सरकारी तगा गैरसरकारी कार्यालयमा र अस्पताल परिसरमा सरसफाई गर्नुको साथै ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सचालन गर्न आग्रह गरेको छ । सरकारी अस्पतालमा बिरामीको उपचार खर्च सरकारले व्यहोर्ने निर्णय गरेको छ। पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा बयस्क भएपछि टोकेपछि डेंगी रोग लाग्छ ।

यस्तै महाशाखाका अनुसार देशभर हैजाका बिरामी ६७ जना पुगेका छन् । ललितपुर, काठमाडौं, प्यूठान, मकवानपुर र कैलाली हैजाका बिरामी भेटिएका हुन् । ललितपुरमा ४७ काठमाडौँमा ९, कैलालीमा ८, प्यूठान दुई, मकवानपुर १ जनामा हैजा पुष्टि भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय