काठमाडौं । तनहुँमा ग २ ख ४७ नम्बरको बस अनियन्त्रित भएर सडकमै पल्टिएको छ ।
रौतहटको गौरबाट पोखराका लागि जाँदै गरेको बस चितवनको भरतपुर महानगरपालिका–२९ सत्र किलोमा दुर्घटना भएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनले सडकको माथिबाट ढुंगा खसेपछि चालक आत्तिएर बस अनियन्त्रित भएपछि दुर्घटना हुन पुगेको बताएको छ । बसमा करिब ३५ यात्रु रहेको अनुमान गरिएको छ ।



सडकमै बस दुर्घटना भएपछि सवारी आवागमनमा अवरोध भएको छ । घाइतेलाई उद्दार गरी अस्पताल लगिएको छ । घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।
यसअघि तनहुँमै आज विहान भारतीय नम्बर प्लेटको बस दुर्घटना हुँदा १४ जनाले ज्यान गुमाएका थिए भने १६ जना घाइते भएका थिए ।



