पुर्व पश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको दाउन्नेमा गयराती भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन।दाउन्ने सडक खण्डको बर्दघाट-४ घ्यु खोलामा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना ७ ख ९३९८ नम्बरको ट्रकले सोही दिशातिर जाँदै गरेको लु २ ख २३५१ नम्बरको बस र ना ५ ख २२७५ को पिकपलाई ठक्कर दिदा दुर्घटना भएको हो।

दुर्घटनामा रोल्पाको बाघमाराका २५ बर्षिय गोविन बुढा र नाम थर नखुलेका २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय नवलपरासीका सूचना अधिकारी वीरदत्त पन्त जानकारी दिनुभयो।शव अहिले पृथ्वीचन्द्र अस्पतालको शवगृहमा राखिएको छ।

दुर्घटनामा घाइते मध्य ११ जनाको अवस्था गम्भीर रहेकोे छ । गम्भीर घाइतेलाई उपचारका लागि लुम्बिनी सिटि अस्पताल बुटवल पठाइएको प्रहरीले जनाएको छ। उद्दारको क्रममा प्रहरी सहायक निरीक्षक कमल प्रसाद आचार्य पनि चिफ्लिएर लड्दा घाइते हुनुभएको छ उहाँको पनि बुटवलमा उपचार भएको प्रहरीले जनाएको छ। काठमाडौबाट छुटेको यात्रुबाहक बस रोल्पा जादै थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय