दाङको घोराही उपमहानगरपालिका–१५, न्युरोड क्षेत्रमा प्रतिनिधि सभा निर्वाचनको सुचारु, सुरक्षित र शान्तिपूर्ण सञ्चालन सुनिश्चित गर्न नेपाली सेना खटिएको छ।सैनिक टोलीले मतदान केन्द्र वरिपरि गस्ती गर्दै सुरक्षा व्यवस्था कडा पार्दै रहेका छन्। यस क्रममा मतदान केन्द्र आसपासको भीड नियन्त्रण, मार्ग निर्देशन र सम्भावित असुरक्षा नियन्त्रणमा सेनाले सक्रिय भूमिका निर्वाह गरेको छ।

स्थानीय प्रशासनले मतदाता, कर्मचारी र निर्वाचन सामग्रीको सुरक्षा सुनिश्चित गर्न सुरक्षा निकायसँग सहकार्य जारी राखेको जनाएको छ। निर्वाचन शान्तिपूर्ण र व्यवस्थित सञ्चालन गर्न सेना, प्रहरी र निर्वाचन अधिकृतबीच नियमित समन्वय भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय