माघ दोस्रो साता परेको हिमपातले अवरुद्ध बनेको हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–५ हिल्सा सडक खण्ड र वडा–६ मा पर्ने न्याुल सडक खुलाउन सुरु भएको छ । प्रतिनिधिसभाको निर्वाचन आउन केही दिन बाँकी हुँदा मतादातालाई आवतजावतमा सहज बनाउनका लागि हिउँले बन्द भएका सडक खुलाउन सुरु गरिएको सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र कुमार चन्दले बताउनुभयो । हिउँ जमेर सडक बन्द हुँदा सर्वसाधरणदेखि सवारी साधन बन्द हुँदै आएका थिए । बन्द भएको भएको हिल्सा सडक र न्यालु सडक अबको तीन दिनसम्म खुलाइ सकिने भएको छ । हिल्सा सडक खुलाउन हिल्सा सिमकोट सडक आयोजनाले आफ्नो स्काभेटर काममा लगाइसकेको छ । भने काम तीव्र गतीमा अगाडी बढाइरहेको सहायक प्रमुख जिल्ला अधिकारी चन्दको भनाई छ ।

यस्तै वडा – ६ को लिमी गाउँ जाने सडक नाम्खा गाउँपालिका र पूर्वधार विकास कार्यालयले दुई वटा स्काभेटर परिचालन गरिसकेको लिमीका वडाध्यक्ष पाल्जोर तामाङले बताउनुभयो । न्यालुमा जमेको बाक्लो हिउँ पन्छाउन दुईवटा स्काभेटर परिचालन भएर सडक खुलाउने काम भइरहेको उहाँको भनाई छ । छिटोको दुई दिनभित्र र डिलोमा तीन दिनभित्र बन्द भएको सडक खुलाएर सञ्चालनमा आउने भएको छ । अहिले यस क्षेत्रका सडकमा हिउँ जमेर बरफ भएका कारण त्यसलाई पन्छाउने कार्य भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय