नेपालमा फेरि मंकीपक्स संक्रमण देखिएको छ। बिहीबार साउदी अरेबियाबाट फर्किएका तनहुँका ३६ वर्षीय पुरुषमा मंकीपक्स पुष्टि भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार यो संक्रमण नेपाली नागरिकमा पहिलोपटक देखिएको हो।

संक्रमितमा मंकीपक्ससँग मिल्दोजुल्दो लक्षण देखिएपछि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको थियो। पुष्टि भएसँगै उनलाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएको छ।

यसअघि, २०८० असारमा नेपालमा आएकी ६० वर्षीय विदेशी महिलामा यो संक्रमण देखिएको थियो।

मंकीपक्स के हो?

मंकीपक्स एक प्रकारको भाइरल जुनोसिस हो, जुन जनावरबाट मानिसमा सर्छ। यस रोगमा छालामा बिबिरा देखिने, ज्वरो आउने, टाउको र मांसपेशी दुख्ने, र शरीरका ग्रन्थीहरू बढ्ने लक्षण हुन्छन्।

विश्वव्यापी फैलावट:

•हालसम्म १११ देशहरूमा मंकीपक्स फैलिएको छ।

•यो मुख्यतः मध्य र पश्चिम अफ्रिकी देशहरूमा पाइने भए पनि हाल यो विभिन्न देशहरूमा फैलिएको छ।

नेपालमा सावधानी:

सरकारले संक्रमण रोक्न निगरानी बढाउनुपर्ने र विदेशबाट आउने यात्रुहरूको स्वास्थ्य परीक्षणमा विशेष ध्यान दिनुपर्ने आवश्यकता छ। जनचेतना अभियान सञ्चालन गर्दै संक्रमणको सम्भावित जोखिम रोक्न पहल गरिनुपर्ने विज्ञहरूले बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय