काठमाडौं महानगर प्रमुख बालेन्द्र शाह बालेनले आफ्नो चीन भ्रमण स्थगित गरेका छन् । चीनले हालै जारी गरेको आफ्नो नयाँ नक्सामा नेपाली चुच्चे नक्सालाई नसमेटेको प्रति असन्तुष्टि जनाउँदै बालेनले आफ्नो चीन भ्रमण स्थगित गरेका हुन । शाहले सामाजिक सञ्जालमा एक सन्देश लेख्दै भ्रमण स्थगित गरेको जानकारी दिएका हुन ।

चीनको निमन्त्रणमा बालेन ५ दिने भ्रमणका लागि त्यसतर्फ जाने तय थियो । चीनले आफ्नो नक्सामा पुरानै नक्सालाई मान्यता दिएपछि ‘नैतिकताका आधार’मा भ्रमण रद्ध गरेको बालेनको भनाइ छ । नेपाली भू–भागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो संवेदनशीलतामाथि चालेको गलत कदम भएको साहको भनाइ छ । चीनको प्राकृतिक स्रोत मन्त्रालयले तयार पारेको नयाँ नक्सा चिनियाँ सरकारी मिडियाले केही दिन अगाडि सार्वजनिक गरेको थियो । सो नक्सामा नेपालको नयाँ नक्सा नदेखाइ पुरानै नक्सा देखाइएको छ ।

https://nepal.agmwebhosting.com/webhosting/aff.php?aff=470

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय