नेपाली बजारमा मंगलबार पनि सुनको मूल्यमा वृद्धि भएको छ। सोमबार प्रतितोला ५ हजार ६ सय रुपैयाँले बढेको सुन आज थप २ हजार ५ सय रुपैयाँले महँगिएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला ३ लाख २८ हजार ६ सय रुपैयाँ कायम गरिएको छ। यसअघि सोमबार सुन ३ लाख २६ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।



यता, चाँदीको मूल्य भने मंगलबार घटेको छ। सोमबार प्रतितोला ३५ रुपैयाँले बढेको चाँदी आज २ सय ५ रुपैयाँले सस्तिएको हो। सोमबार ६ हजार २० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार ८ सय १५ रुपैयाँमा निर्धारण गरिएको छ।



