काठमाडौ । पूर्वी तराइमा अझै केही समय अविरल वर्षा जारी रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले निरन्तरता वर्षालाई मध्यनजर गर्दै सुनसरी, मोरङ र झापामा बाढी आउन सक्ने भन्दै सतर्क रहन अनुरोध गरेको छ । सुनसरीको इटहरी , धरान , तरहरा , मोरङको उर्लाबारी , सुन्दरहरैंचा र झापाका अधिकांश खोला तथा पैनीहरूमा पानीको सतह बढेर बाढी आउने सक्ने हुँदा सतर्क रहन महाशाखाले आग्रह गरेको हो ।

महाशाखाका अनुसार सुनसरीको धरान, चतरा तथा झापाको कनकाई, अनारमणि बिर्ता, चन्द्रगढी एयरपोर्ट तथा आसपासका क्षेत्रमा मध्यमदेखि ठुलो वर्षा भइरहेकोले त्यस क्षेत्रका नदीहरूमा बाढीको जोखिम रहेको जनाएको छ । महाशाखाले तटीय तथा होचा क्षेत्रमा बसोबास गर्नेलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । झापा र सुनसरीसहित कोसी प्रदेशका सबैजसो ठाउँमा गएरातिदेखि नै वर्षा भइरहेको छ । महाशाखाले बागमती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाउदै कोशी प्रदेशका एक–दुई स्थानमा चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको जानकारी दिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय