सिन्धुली प्रहरीले वीपी राजमार्गबाट लुकाई छिपाई ल्याएको २० किलो चाँदी वरामद गरेको छ ।सिन्धुली जिल्लाको विपि राजमार्गमा विराटनगरबाट काठमाण्डौ जादै गरेको प्रदेश ०१ – ०२५ च १०६९ नम्बरको कारमा लुकाई छिपाई ल्याईएको अवस्थामा खनियाखर्कबाट सो परिमाणको चाँदी वरामद गरेको जनाएको छ ।

प्रहरीले सो परिमाणको चाँदीसँगै सवारी साधन कार र कारका चालक रोहित कुमार यादव र कारमा सवार शेचन मानन्धरलाई समेत गिरफ्तार गरी अनुसन्धान गरी रहेको जनाएको छ । वरामद गरिएको चाँदीको बजार मुल्य २४ लाख ६१ हजार पर्ने बताईएको छ ।पछिल्लो समयमा सिन्धुली जिल्लाको वीपी राजमार्ग अबैध सर समानको ओसार पसार गरिएको संकेत सँगै प्रहरीले समेत सक्रियता देखाएको छ।

https://nepal.agmwebhosting.com/webhosting/aff.php?aff=470

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय