काठमाडौं । आईसीसी टी ट्वान्टी विश्वकपको एसिया छनोटको फाइनल प्रवेशका लागि नेपालले आज यूएईसँग खेल्दैछ । काठमाडौंको मुलपानी क्रिकेट मैदानमा खेल हुनेछ । समूह एको उपविजेता बनेको नेपालले समूह बीको विजेता यूएईलाई प्रतिद्धन्दीको रुपमा पाएको हो । यूएईलाई हराउँदै प्रतियोगिताको फाइनलसँगै विश्वकपमा छनोट हुने लक्ष्यमा नेपाल छ । प्रतियोगिताको फाइनल पुग्ने दुई टिम अर्को वर्ष हुने टी ट्वान्टी विश्वकपमा छनोट हुनेछन् । यूएईलाई हराएर फाइनल पुगिनेमा प्रशिक्षक मोन्टी देसाई आत्मविश्वासी देखिन्छन् ।

विश्वकप छनोटको निर्णायक तथा महत्वपुर्ण खेल भएकाले नेपाल र यूएई दुवै टिममाथि दबाब रहनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय