बझाङको बुङ्गल नगरपालिका–१०, टुमेडामा पहिरोमा पुरिएर ४ जनाको घटनास्थलमै मृत्यु भएको छ । गएराति आएको अविरल वर्षासँगै घरमाथीबाट आएको पहिरोले पुरिएर स्थानीय बीर बहादुर धामीको परिवारका १० जना सदस्य मध्ये ४ जनाको पहिरोमा पुरिएर बेपत्ता भएका हुन् ।

वीरबहादुर धामीका श्रीमती काली धामी, बुहारी गोल्की धामी, नातिनी आसिका धामी, लक्ष्मी धामी मृत अबस्थामा फेला परेको स्थानीय भरत महरले बताउनु भएको छ ।

त्यस्तै ६ जनाको स्थानीयले घाइते अबस्थामा उद्दार गरेको छ । घाइते हुनेमा बिरा धामी, उज्जल धामी, रोसन धामी, कमला धामी, शान्ति धामी रहेका छन् । घाइते अबस्थामा रहेका उहाँहरुलाई अहिले नजिकको स्वास्थ चौकीमा उपचार भइरहेको सहकर्मी ध्रुबै बिष्टले जानकारी दिनुभयो । घटना राति करिब २ बजे भएको बताइएको छ । वर्षाको कारण घरमाथिबाट आएको पहिरोले धामीको घर पुरिएको थियो । स्थानीय र प्रहरी अहिले उद्दार गरिरहेका छन् ।

घाइते भएका व्यक्तिहरूलाई उपचारका लागि नजिकैको स्वास्थ्य संस्थामा पठाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय